यस्तो छ देशको सात महिने आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)
काठमाडौं । चालु आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात् ५ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४ दशमलव १ प्रतिशत) ले बढेको थियो । नेपाल राष्ट्र […]

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात् ५ दशमलव ६ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४ दशमलव १ प्रतिशत) ले बढेको थियो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको हो ।
आयात १० दशमलव १ प्रतिशतले वृद्धि हुँदा निर्यात ४६ दशमलव ५ प्रतिशतले बढेको छ । ७ दशमलव ३ प्रतिशतले विप्रेषण आप्रवाह बढ्दा कूल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
What's Your Reaction?






