युद्धपछि पहिलोपटक कुर्स्क क्षेत्र पुगे पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । रुस-युक्रेन युद्ध सुरु भएपछि यो उनको यस क्षेत्रमा पहिलो भ्रमण हो । रुसका प्रमुख जनरल स्टाफले यस क्षेत्रको १,१०० वर्ग किलोमिटर भूमि युक्रेनी कब्जाबाट मुक्त भएको बताएका छन् । रुसी मिडिया रिपोर्टअनुसार आफ्नो भ्रमणको क्रममा पुटिनले आफ्नो सेनालाई कुर्स्क क्षेत्रलाई ‘पूर्ण रूपमा मुक्त’ […]

Mar 13, 2025 - 09:41
 0
युद्धपछि पहिलोपटक कुर्स्क क्षेत्र पुगे पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । रुस-युक्रेन युद्ध सुरु भएपछि यो उनको यस क्षेत्रमा पहिलो भ्रमण हो ।

रुसका प्रमुख जनरल स्टाफले यस क्षेत्रको १,१०० वर्ग किलोमिटर भूमि युक्रेनी कब्जाबाट मुक्त भएको बताएका छन् ।

रुसी मिडिया रिपोर्टअनुसार आफ्नो भ्रमणको क्रममा पुटिनले आफ्नो सेनालाई कुर्स्क क्षेत्रलाई ‘पूर्ण रूपमा मुक्त’ गर्न आग्रह गरेका छन् ।

युक्रेनले अगस्ट २०२४ मा रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गर्‍यो र ठूलो क्षेत्र कब्जा गर्‍यो । त्यसपछि रुसले यहाँबाट हजारौं मानिसहरूलाई बाहिर निकाल्यो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्स्कको युद्धले बफर जोन सिर्जना गरेको र पूर्वी युक्रेनमा रूसी सेनाको तैनाथीलाई रोकेको बताएका थिए ।

हालैका समयमा रुसले कुर्स्क क्षेत्रमा आफ्नो भूमि फिर्ता लिइरहेको रिपोर्ट बाहिर आएका छन् ।

यसैबीच ट्रम्पका विशेष दूत युद्धविरामको बारेमा वार्ता गर्न चाँडै मस्को पुग्ने बताइएको छ । यद्यपि, अमेरिकी प्रस्तावमा पुटिनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register