रुस–युक्रेन युद्धमा पूर्ववडाध्यक्ष बुढाथोकीको मृत्यु

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रुस र युक्रेनबीचको लडाइँमा मृत्यु भएको छ । विसं २०८० असोजमा रुस हिँडेका उनको युद्धमा परेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा उनी पुनः वडाध्यक्षको उम्मेदवार थिए […]

Mar 11, 2025 - 05:15
 0
रुस–युक्रेन युद्धमा पूर्ववडाध्यक्ष बुढाथोकीको मृत्यु

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रुस र युक्रेनबीचको लडाइँमा मृत्यु भएको छ ।

विसं २०८० असोजमा रुस हिँडेका उनको युद्धमा परेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा उनी पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि सेनामा भर्ती हुन रुस गएका थिए ।

बुढाथोकीको मृत्यु कहिले भयो भन्ने यकिन छैन । तर परिवारले भने फागुन २४ गते उनको मृत्युको खबर थाहा पाएका थिए ।

बुढाथोकीका श्रीमती, एक छोरी र एक छोरा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register