दुई दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनदेखि बढिरहेको सुनको मूल्य मङ्गलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन तोलामा १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा १ सय र सोमबार पनि १ सय रुपैयाँले […]

काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनदेखि बढिरहेको सुनको मूल्य मङ्गलबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन तोलामा १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुनको मूल्य तोलामा १ सय र सोमबार पनि १ सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । ताेलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
What's Your Reaction?






