गणतन्त्रका लागि देशका हरेक ढुङ्गामा जनताको रगत पोखिएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका लागि देशका हरेक ढुङ्गामा जनताको रगत पोखिएको  बताएका छन् । मङ्गलबार प्रतिनिधि सभामा बोल्दै गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको बलिदानलाई स्मरण गर्दै यसलाई कुनै ‘शाही बक्सिस्’ नभएको बताए । ‘पूर्व राजाले प्रयोग गर्ने भाषामा म जान्नँ, तर यो देशमा गणतन्त्र कुनै शाही […]

Mar 11, 2025 - 08:24
 0
गणतन्त्रका लागि देशका हरेक ढुङ्गामा जनताको रगत पोखिएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका लागि देशका हरेक ढुङ्गामा जनताको रगत पोखिएको  बताएका छन् ।

मङ्गलबार प्रतिनिधि सभामा बोल्दै गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको बलिदानलाई स्मरण गर्दै यसलाई कुनै ‘शाही बक्सिस्’ नभएको बताए ।

‘पूर्व राजाले प्रयोग गर्ने भाषामा म जान्नँ, तर यो देशमा गणतन्त्र कुनै शाही बक्सिस्‌ले आएको होइन । गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुङ्गामा जनताको रगत पोखिएको छ,’ प्रचण्डले भने ।

उनले गणतन्त्रको स्थापनामा केवल माओवादीको मात्र योगदान नभएको स्पष्ट पार्दै भने, ‘सीमित माओवादीले मात्र बन्दुक उठाएर आएको होइन, गणतन्त्र । सबैभन्दा सीमान्त वर्ग र वर्णले आफ्नै रगतले नुहाएर लेखेको हो, यो देशमा गणतन्त्रको इतिहास ।’

प्रचण्डले आफ्नो सम्बोधनको अन्त्यमा चेतावनी दिँदै भने, ‘सार्वभौम भइसकेको नागरिकलाई रैती बनाउन अब सम्भव छैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register