मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

काठमाडौँ ।  युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रुसले दाबि गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ । साउदी अरेबियामा अमेरिका र युक्रेनबीच […]

Mar 11, 2025 - 14:02
 0
मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

काठमाडौँ ।

 युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रुसले दाबि गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच बार्ता शुरु हुनु अघि युक्रेनले यो आक्रमण गरेको थियो । युक्रेनको आक्रमणमा मारिनेमा ३८, ४३ र ५० वर्षका पुरुष रहेको बीबीसीले उल्लेख गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register