अमेरिका र युक्रेनबीच साउदी अरेबियामा वार्ता सुरु

काठमाडौँ ।  साउदी अरेबियामा अमेरिका र युक्रेनबीचको वार्ता सुरु भएको छ । वार्तामा युक्रेनको तर्फबाट, राष्ट्रपति जेलेन्स्कीका मुख्य सल्लाहकार एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री त्सिबिहा र रक्षामन्त्री रुस्तम उमरोभ सामेल छन् भने अमेरिकाको तर्फबाट, विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज रहेका छन् । येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफूहरुले सुरक्षा ग्यारेण्टीको विषयलाई प्रमुखताका साथ […]

Mar 11, 2025 - 14:32
 0
अमेरिका र युक्रेनबीच साउदी अरेबियामा वार्ता सुरु

काठमाडौँ । 

साउदी अरेबियामा अमेरिका र युक्रेनबीचको वार्ता सुरु भएको छ ।

वार्तामा युक्रेनको तर्फबाट, राष्ट्रपति जेलेन्स्कीका मुख्य सल्लाहकार एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री त्सिबिहा र रक्षामन्त्री रुस्तम उमरोभ सामेल छन् भने अमेरिकाको तर्फबाट, विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज रहेका छन् ।

येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफूहरुले सुरक्षा ग्यारेण्टीको विषयलाई प्रमुखताका साथ उठाउने बताएको बीबीसीले उल्लेख गरेको छ । साथै रुससँग युद्धविराम कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै अमेरिकाले युक्रेनको खनिजको विषयमा गर्न खोजेको सम्झौताको विषयमा पनि छलफल हुने बताइएको छ ।

यस अघि फेब्रअरी २८ मा ह्वाइटहाउसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण भेटवार्तापछि ब्रिगेको वातावरण यस वार्तापछि सुध्रिने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register