क्यानडाको प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ट्रुडो कुर्सी बोकेर बाहिरिए

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पदबाट राजीनामा दिएपछि रमाइलो शैलीमा संसद्‌बाट कुर्सी नै बोकेर बाहिरिएका छन् । कुर्सी बोकेर बाहिरिँदै गरेका ट्रुडोले जब क्यामेराको सामना गरे त्यसपछि उनले जिब्रो निकालेका थिए । अहिले उनको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । परम्पराअनुसार क्यानाडाली सांसदहरूले संसद्‌बाट बाहिर निस्कँदा आफ्नो कुर्सी पनि साथमा लैजान पाउने […]

Mar 12, 2025 - 05:15
 0
क्यानडाको प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ट्रुडो कुर्सी बोकेर बाहिरिए

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पदबाट राजीनामा दिएपछि रमाइलो शैलीमा संसद्‌बाट कुर्सी नै बोकेर बाहिरिएका छन् ।

कुर्सी बोकेर बाहिरिँदै गरेका ट्रुडोले जब क्यामेराको सामना गरे त्यसपछि उनले जिब्रो निकालेका थिए । अहिले उनको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

परम्पराअनुसार क्यानाडाली सांसदहरूले संसद्‌बाट बाहिर निस्कँदा आफ्नो कुर्सी पनि साथमा लैजान पाउने अनुमति छ ।

टोरन्टो सनका राजनीतिक स्तम्भकार ब्रायन लिली भन्छन्, “जब कुनै पनि सांसद कमन्सबाट बाहिरिन्छन्, उनीहरूलाई आफ्नो कुर्सी, आफ्नो सिट आफूसँगै लिन अनुमति दिइन्छ । मलाई यो एउटा महान परम्परा लाग्छ, जसलाई म समर्थन गर्छु । यसो भनिए पनि यो ट्रुडोको आफ्नो अनौठो तस्वीर हो । साथै, सायद आसन्न चुनावको अर्को सङ्केत ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register