क्यानेडियन स्टिल र आल्मुनियममा ५० प्रतिशत कर लगाउने योजनाबाट पछि हटे ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन स्टिल, आल्मुनियम र अन्य धातुहरूमा ५० प्रतिशत कर लगाउने योजना रोकेका छन् । उक्त योजनालाई ट्रम्पले अस्थायी रुपमा मात्रै रोकेको बीबीसीको समाचारमा उल्लेख छ । यद्यपि, क्यानडाबाट आयात हुने यी धातुहरूमा २५ प्रतिशत भन्सार महसुल भने जारी रहनेछ, जुन अमेरिकी समयअनुसार बुधबारदेखि लागू हुनेछ । क्यानडाको ओन्टारियो प्रान्तले […]

Mar 12, 2025 - 05:15
 0
क्यानेडियन स्टिल र आल्मुनियममा ५० प्रतिशत कर लगाउने योजनाबाट पछि हटे ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन स्टिल, आल्मुनियम र अन्य धातुहरूमा ५० प्रतिशत कर लगाउने योजना रोकेका छन् । उक्त योजनालाई ट्रम्पले अस्थायी रुपमा मात्रै रोकेको बीबीसीको समाचारमा उल्लेख छ ।

यद्यपि, क्यानडाबाट आयात हुने यी धातुहरूमा २५ प्रतिशत भन्सार महसुल भने जारी रहनेछ, जुन अमेरिकी समयअनुसार बुधबारदेखि लागू हुनेछ ।

क्यानडाको ओन्टारियो प्रान्तले केही उत्तर अमेरिकी राज्यहरूमा पठाइने बिजुलीमा नयाँ २५ प्रतिशत शुल्क लगाउन बन्द गर्ने निर्णय गरेपछि ट्रम्पको यो कदम आएको हो ।

यसअघि ट्रम्पले बिजुली आपूर्तिमा लाग्ने यो शुल्कमा क्यानडामाथि भारी शुल्क लगाउने ‘धम्की’ दिएका थिए ।

यो दुई देशबीच चलिरहेको व्यापार युद्धको सन्दर्भमा एक महत्त्वपूर्ण कदम भएको विष्लेषण गरिएको छ । जुन अमेरिका र क्यानडा दुवैको अर्थतन्त्रको लागि घातक छ ।

सन् २०२४ मा अमेरिकाले स्टिल आयात गर्ने देशहरूमा क्यानडा अग्रपङ्क्तिमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register