बागमतीको लगातार तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई ५५ रनले पराजित गरेको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमलाई हराउँदै बागमतीले लगातार तेस्रो जित हासिल गरेको हो । २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रन बनाएर अलआउट भएको हो । सुदूरपश्चिमका लागि ‌‌‌ओपनर टेक रावतले ४७ रन बनाए । बागमतीका लागि रिजन […]

Mar 14, 2025 - 11:41
 0
बागमतीको लगातार तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई ५५ रनले पराजित गरेको छ ।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमलाई हराउँदै बागमतीले लगातार तेस्रो जित हासिल गरेको हो ।

२६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रन बनाएर अलआउट भएको हो ।

सुदूरपश्चिमका लागि ‌‌‌ओपनर टेक रावतले ४७ रन बनाए ।

बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले चार/चार विकेट लिए ।

पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र २६६ रन बनाएको थियो ।

बागमतीका लागि शुभ कङ्शकार र आशुतोष घिरैयाले अर्धशतकीय पारी खेले ।

शुभले ६८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको योगदान गरे । आशुतोषले भने १०१ बलमा ५ चौका प्रहार गर्दै ५८ रन बनाए । इशान पाण्डेले ३६ रन बनाए ।

कप्तान पृथु बास्कोटाले १५, प्रतिश जिसीले १५ र विवेक यादवले १० रन बनाए । सुमन सुनार १२ रन अविजित रहे ।

सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठ, शेर मल्ल र हेमन्त धामीले २/२ तथा नारायण जोशी र राहुल भण्डारीले १/१ विकेट लिए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register