९ महिनादेखि अन्तरिक्षमा फसेका सुनिता र बुचलाई पृथ्वी फर्काउने मिसन फेरि स्थगित
काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नौ महिनादेखि रहेका नासा अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फर्काउने मिसन स्थगित भएको छ । बुधबार अमेरिकाको फ्लोरिडास्थित केप कानेभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन-९ रकेट प्रक्षेपण गर्ने तयारी भए पनि ग्राउन्ड हाइड्रोलिक समस्याका कारण मिसन रोकिएको नासाले जनाएको छ । नासा र स्पेसएक्सको संयुक्त मिसन अन्तर्गत सो रकेटले चारजना नयाँ अन्तरिक्षयात्रीलाई आईएसएसमा पठाउने योजना थियो । यी अन्तरिक्षयात्रीमा नासा कमान्डर एनी म्याकक्लेन, पाइलट निकोल एयर्स, जापानी एरो...

What's Your Reaction?






