महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दुई अर्ब ८ करोड, बालउद्यान बनाइने

काठमाडौं । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि दुई अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । सरकारले महिलाको भूमिका प्रभावकारीलाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । साथै, कार्यकारी क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्‍याउन नीतिगत सुधार पौडेलले […]

May 29, 2025 - 11:44
 0
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दुई अर्ब ८ करोड, बालउद्यान बनाइने

काठमाडौं । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि दुई अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।

सरकारले महिलाको भूमिका प्रभावकारीलाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । साथै, कार्यकारी क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्‍याउन नीतिगत सुधार पौडेलले जानकारी दिए ।
साथै, समानताका लागि कार्यक्रम गरिने छ । महिलाका लागि रोजगारीको अवसर वृद्धि गरिने पौडेलले जानकारी दिए ।
सरकारले बालबालिकाका लागि बालउद्यान निर्माण गर्ने भएको छ । साथै, बालसुधारको क्षमता विकासका कार्यक्रम ल्याइने बताइएको छ ।
यस्तै, बाल हेल्प लाइनलाई नागरिक एपमा आबद्ध गरिने भएको छ । जेष्ठ नागरिकको सिप पुस्तान्तरण गरिने सरकारले योजना ल्याएको छ ।

साथै, सार्वजनिक सेवालाई अपाङ्गमैत्री बनाइने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register