पुटिनका सहयोगीले गरे युद्धविरामको प्रस्ताव अस्वीकार

काठमाडौँ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्रेनको लागि अस्थायी राहत बाहेक केही नभएको टिप्पणी गरेका छन् । साउदी अरबमा अमेरिका र युक्रेनबीच युद्धविरामको सहमति भएपछि रुसको तर्फबाट आएको यो पहिलो अभिव्यक्ति हो । उनले प्रस्ताव अस्वीकार गर्दै भने, ‘यो युक्रेनी […]

Mar 13, 2025 - 13:40
 0
पुटिनका सहयोगीले गरे युद्धविरामको प्रस्ताव अस्वीकार

काठमाडौँ ।

 रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् ।

उनले यो युक्रेनको लागि अस्थायी राहत बाहेक केही नभएको टिप्पणी गरेका छन् । साउदी अरबमा अमेरिका र युक्रेनबीच युद्धविरामको सहमति भएपछि रुसको तर्फबाट आएको यो पहिलो अभिव्यक्ति हो । उनले प्रस्ताव अस्वीकार गर्दै भने, ‘यो युक्रेनी सेनाको लागि अस्थायी आराम र पुनः सङ्गठित हुने मौका बाहेक अरू केही हुनेछैन ।’

उशाकोभले रूसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए । उनले रुस र अमेरिकाबीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए।

यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् ।

यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सैनिक पोशाक लगाएर युद्धग्रस्त क्षेत्र कुर्स्क क्षेत्रको भ्रमण गर्दै युद्धविराम नमान्ने संकेत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register