पाकिस्तानका प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक

काठमाडौं । भारतको हवाई आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाएका छन् । बैठक स्थानीय समयानुसार बुधबार बिहान १० बजेका लागि बोलाइएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानका संघीय सूचनामन्त्री अतुल्लाह तरारका अनुसार, बैठकमा पाकिस्तानी सेनाका प्रमुख, गुप्तचर निकायका वरिष्ठ अधिकारी र सरकारका शीर्ष अधिकारीहरूको सहभागी हुनेछन् । बैठकमा अहिलेको राष्ट्रिय […]

May 7, 2025 - 05:11
 0
पाकिस्तानका प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक

काठमाडौं ।

भारतको हवाई आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाएका छन् । बैठक स्थानीय समयानुसार बुधबार बिहान १० बजेका लागि बोलाइएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानका संघीय सूचनामन्त्री अतुल्लाह तरारका अनुसार, बैठकमा पाकिस्तानी सेनाका प्रमुख, गुप्तचर निकायका वरिष्ठ अधिकारी र सरकारका शीर्ष अधिकारीहरूको सहभागी हुनेछन् । बैठकमा अहिलेको राष्ट्रिय सुरक्षाको अवस्था, भारत आक्रमणको समीक्षा र आक्रमणको जवाफबारे छलफल हुनेछ ।

पाकिस्तान नियन्त्रित कश्मीरमा भएको भारतीय आक्रमणपछि उच्च सुरक्षा अधिकारीको बैठक बोलाइएको पाकिस्तानी सञ्चारमाध्यले डेली टाइम्सले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register