डा कैनी बेलायतको केन्ट काउन्टी काउन्सिलमा उम्मेदवार

लन्डन- बेलायतको डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर तथा लेबर पार्टीको तर्फबाट सन् २०१७ को संसदीय निर्वाचनमा डाटफोर्ड निर्वाचन क्षेत्रको उम्मेदवार डा. बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिलको निर्वाचनमा डाटफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार हुने भएका छन्। बेलायतको काउन्टी काउन्सिल स्थानीय निकायको सबै भन्दा माथिल्लो तह हो। करीव १६ लाख दश […]

Mar 14, 2025 - 12:34
 0
डा कैनी बेलायतको केन्ट काउन्टी काउन्सिलमा उम्मेदवार

डा. बच्चु कैलाश कैनी

लन्डन- बेलायतको डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर तथा लेबर पार्टीको तर्फबाट सन् २०१७ को संसदीय निर्वाचनमा डाटफोर्ड निर्वाचन क्षेत्रको उम्मेदवार डा. बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिलको निर्वाचनमा डाटफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार हुने भएका छन्।

बेलायतको काउन्टी काउन्सिल स्थानीय निकायको सबै भन्दा माथिल्लो तह हो। करीव १६ लाख दश हजार जनसंख्या भएको केन्ट काउन्टी काउन्सिलमा डाटफोर्ड सहित १२ जिल्ला छन्।

७२ डिभिजन रहेको केन्ट काउन्टी काउन्सिलमा डार्टफोर्ड काउन्सिल भित्र ६ वटा डिभिजन छन्। यी मध्ये डा. कैनी डार्टफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार चुनिएका हुन्। डार्टफोर्ड वेस्ट डिभिजनमा करिव १७ हजार मतदाता छन्।

सन् २०१३ देखि लेबर पार्टीमा सक्रिय डा कैनी हाल लेबर पार्टी डाटफोर्ड जिल्ला समितिको कार्यकारी सदस्य र पार्टीको बिएएमई (अश्वेत र अल्पसंख्यक जातीय समुदाय) इन्चार्ज को रुपमा कार्यरत छन्। तनहूँमा जन्मेका डा. कैनी र उनको परिवार पञ्चायत कालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय थियो।

यो अवसर सँगै डा. कैनी बेलायतको दुई स्थानीय तह जिल्ला र काउन्टी तथा संसदीय गरी तीनै स्तरको निर्वाचनमा बेलायतमा उम्मेदवार हुने नेपाली समुदायबाट पहिलो बनेका छन् । सन् २०१७ को संसदीय निर्वाचनमा उपविजेता भएता पनि डा कैनीले सम्मानजनक १८,०२४ मत प्राप्त गरेका थिए।

बेलायतमा हरेक वबर्ष मे महिनाको पहिलो बिहिबार स्थानीय निर्वाचन हुन्छ। देशभरीका स्थानीय निकायहरु मध्ये हरेक बर्ष केही निकायको निर्वाचन हुन्छ। बेलायतमा निर्वाचित स्थानीय जनप्रतिनिधिको पदावधि चार वर्षको हुन्छ। यो वर्ष सन् २०२५ को मे १ मा १४ काउन्टी काउन्सिलहरू, ८ एकात्मक प्राधिकरणहरू र १ महानगर वा मेट्रोपोलिटन बरो काउन्सिलको निर्वाचन हुँदैछ । निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने मिति अप्रिल २ तारिखको चार बजेसम्म रहेको डा. कैनीले बताए।

यो निर्वाचनमा डा कैनीको मुख्य एजेन्डा स्थानीय पूर्वाधार सुधार गर्ने, स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूलाई सुदृढ गर्ने, युवाहरूका लागि शिक्षा र अवसरहरू बढाउने, यातायात सेवाहरु सुदृढ गर्ने, सामाजिक न्यायको प्रवर्द्धन गर्ने, सबैका लागि अवसरहरू सुनिश्चित गर्ने, स्थानीय व्यवसायहरूलाई समर्थन गर्ने, डाटफोर्डमा आर्थिक विकासलाई अगाडि बढाउने आदि रहेको उनले नेपालीलिंकलाई बताए।

स्वास्थ्य व्यवस्थापन क्षेत्रमा नेपाल र बेलायत गरी ३३ वर्ष भन्दा बढीको अनुभव संगालेका डा. कैनी हाल बेलायतको एक विश्वविद्यालयमा स्वास्थ्य ब्व्यवस्थापनको सिनियर लेक्चररको रुपमा कार्यरत छन् । सन् २००५ देखि डाटफोर्डमा बसोबास गर्दै आएका डा. कैनी अस्पताल व्यवस्थापनको चार र नेपाली साहित्यमा छ गरी दश वटा पुस्तकको लेखक पनि हुन्।

डा. कैनीले मे १, २०२५ मा हुने निर्वाचनमा आफ्ना मतदातासँग मतदानको अपिल जारी गरेका छन् । साथै, बेलायत बस्ने सम्पूर्ण नेपाली समुदायसँग पनि उनले सक्रिय सहयोगको अपेक्षा गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register