बेलायतीहरु स्मृति कार्यक्रम गर्दैछन् महाभूकम्पको एक दशकमा

लन्डन। नेपालमा गएको महाभूकम्पको दशौं वर्ष पूरा भएको सन्दर्भमा बेलायतमा एक स्मृति कार्यक्रम आयोजना हुने भएको छ । नेपाललाई माया गर्ने बेलायतीहरुको समूह ‘फ्रेन्डस् अफ नेपाल’ को आयोजनामा यही अप्रिल २५ तारिख शुक्रबार क्याम्बर्लीस्थित क्याम्बर्ली थिएटरमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा समुदायका प्रतिनिधि, विशिष्ट अतिथि र वक्ताहरुले महाभूकम्पले नेपाललाई पुर्याएको असर र पछिल्लो दशकमा नेपालले […]

Apr 19, 2025 - 20:07
 0
बेलायतीहरु स्मृति कार्यक्रम गर्दैछन् महाभूकम्पको एक दशकमा

लन्डन। नेपालमा गएको महाभूकम्पको दशौं वर्ष पूरा भएको सन्दर्भमा बेलायतमा एक स्मृति कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाललाई माया गर्ने बेलायतीहरुको समूह ‘फ्रेन्डस् अफ नेपाल’ को आयोजनामा यही अप्रिल २५ तारिख शुक्रबार क्याम्बर्लीस्थित क्याम्बर्ली थिएटरमा कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा समुदायका प्रतिनिधि, विशिष्ट अतिथि र वक्ताहरुले महाभूकम्पले नेपाललाई पुर्याएको असर र पछिल्लो दशकमा नेपालले गरेको पुनस्र्थापनाकाबारेमा चर्चा गर्नेछन्।

सो अवसरमा महाभूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै महाभूकम्पपछि नेपालले गरेको रेस्पोन्स र पुनसंरचनाका पहलहरुबारे प्रकाश पारिनेछ। त्यस्तै, शक्तिशाली कथाहरुमार्फत् नेपालको दृढ स्वभाव र भावनालाई प्रदर्शन गरिनेछ।

सोही अवसरमा महाभूकम्पलगत्तै उद्धार र राहतमा सघाउन बेलायतबाट पुगेका गोर्खा सैनिकहरुको अभियानका बारेमा तयार वृत्तचित्र जी२००ई इन एभरेष्ट पनि प्रदर्शन हुनेछ।

साँझ ६ बजेदेखि शुरु हुने कार्यक्रममा प्रवेश निशुल्क छ। आयोजकले बेलायतस्थित नेपाली समुदायका सदस्यहरुलाई पनि कार्यक्रममा सहभागिताका लागि आव्हान गरेका छन्।

‘यो स्मृति कार्यक्रमको उद्धेश्य नेपाली समुदायप्रतिको सम्मान र ऐक्यबद्धता हो। हामी नेपालीपन र गोर्खा भावनालाई सम्झना र सम्मान गर्न चाहन्छौं। त्यसैले यो कार्यक्रममा बेलायतमा बस्ने नेपालीहरु पनि सहभागी भइदिनुभए हामी खुशी हुनेछौं’,  आयोजक समूहका एक सदस्य मार्कले नेपालीलिंकसंग भने, ‘दुखद महाभूकम्पको दश वर्ष पूरा भएको अवसरमा आयोजित स्मृति कार्यक्रमले यस अवधिमा नेपालीहरुले पुनस्र्थापनाका क्षेत्रमा हासिल गरेको उपलब्धिलाई सेलिब्रेट गर्नेछ।’

२५ अप्रिल २०१५ बिहान गोरखा केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युड र त्यस लगत्तै दोलखा केन्द्रविन्दु भइ १२ मे २०१५ मा ७.३ म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प जांदा ठूलो धनजनको क्षति भएको थियो । उक्त प्राकृतिक विपत्तिमा झण्डै ९ हजारले ज्यान गुमाएका थिए भने लगभग ३५ लाख मानिस घरबारविहीन हुन पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register