ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा पुनः डा. रिजाल

लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को वार्षिक साधारण सभाले संस्थाको अध्यक्षमा डा. कपिल रिजाललाई पुनः निर्वाचित गरेको छ । डा. रिजाल एक सफल उद्यमी, चलचित्र निर्देशक तथा निर्माता हुन् । साधारणसभाले उपाध्यक्षमा बिराज भट्ट र इन्द्र गिरी एवं सचिवमा राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी बीएनसीसीको कार्यकारिणी सदस्यमा नादिया विलियम्स, सन्तोष […]

Jan 19, 2025 - 11:05
 0
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा पुनः डा. रिजाल

लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को वार्षिक साधारण सभाले संस्थाको अध्यक्षमा डा. कपिल रिजाललाई पुनः निर्वाचित गरेको छ । डा. रिजाल एक सफल उद्यमी, चलचित्र निर्देशक तथा निर्माता हुन् ।

साधारणसभाले उपाध्यक्षमा बिराज भट्ट र इन्द्र गिरी एवं सचिवमा राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी बीएनसीसीको कार्यकारिणी सदस्यमा नादिया विलियम्स, सन्तोष मण्डल, कमल पौडेल, अञ्जनी फुयाँल, बीपी खनाल, वसन्त नेपाल, अनिल न्यौपाने, प्रभु न्यौपाने, दीपक श्रेष्ठ, मिचेल क्याम्पबेल, कृष्ण भट्ट, मसुद आङ्गिज, विकास नेपाल र प्रकाश ढुंगाना निर्वाचित भएका छन् । संस्थामा एडम गिलक्रिस्ट र राजेन कँडेल क्रमशः मानार्थ अध्यक्ष र उपाध्यक्ष रहनेछन्।

बीएनसीसीको मानार्थ सीइओको रूपमा सेवा गरेका रिचर्ड पेलीले १० वर्षपछि राजीनामा दिएका छन्। स्टिभ बक्ले नयाँ मानार्थ सीइओका रुपमा निर्वाचित भए ।
सन् १९७० को दशकको सुरुमा ब्रिटिश कूटनीतिक सेवामा प्रवेश गरेका स्टिभसंग एसिया प्रशान्त क्षेत्रको व्यापक ज्ञान छ । उनले यसअघि थाइल्यान्ड र मलेसियास्थित बेलायती उच्चायोगमा व्यापार तथा लगानी निर्देशकको रुपमा काम गरेका थिए ।

साधारणसभामा अध्यक्ष डा कपिल रिजाल र उपाध्यक्ष बिराज भट्टले संस्थाका विगतका गतिविधि र उपलब्धिको संक्षिप्त मूल्याङ्कन गर्दै आगामी दिनमा हुने गतिविधिबारे पनि जानकारी दिए । नवनिर्वाचित प्रमुख कार्यकारी अधिकृत स्टिभ बक्लेले बेलायत र नेपालबीचको व्यापार र लगानी प्रवर्धन गर्न आफ्नो अनुभव उपयोग गर्ने आशा व्यक्त गरे ।
डा. रिजालले निवर्तमान प्रमुख कार्यकारी अधिकृत रिचार्ड पेलीलाई संस्थामा गरेको उत्कृष्ट सेवाका लागि मायाको चिनो प्रदान गरेका थिए ।

रिचर्ड पेलीले यसअघि बीएनसीसी व्यापार प्रतिनिधिमण्डलको नेपाल भ्रमणको नेतृत्व नेपाल गरेका थिए । साथै उनले विभिन्न सफल कार्यक्रम आयोजना गर्न मद्दत गरेका थिए ।

साधारणसभामा इन्द्र गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए । दुवाडीले बीएनसीसीको निरन्तर प्रयासको प्रशंसा गर्दै नेपाल विकास सम्मेलन, सेमिनारलगायत कार्यक्रममा सहकार्यात्मक दृष्टिकोणबाट संस्थालाई दूतावासले निरन्तर सहयोग गर्ने आश्वासन दिए ।

बैठकमा बेलायत र नेपाली डायस्पोराका विभिन्न लगानीकर्ता तथा उद्यमीहरुको उपस्थिति थियो ।

बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरे बीएनसीसीका संरक्षक हुन् । नेपालमा द्विपक्षीय व्यापार, लगानी प्रवर्धन र नेपाल-बेलायतका उद्यमीहरूको पारस्परिक हितमा काम गर्नु बीएनसीसीको मुख्य उद्देश्य हो । बीएनसीसीले संगठनहरूलाई आफ्ना लक्ष्य पूरा गर्न, व्यापार अवसरहरूबारे सचेत हुन र बेलायत नेपालका व्यापारिक समुदायसँग उनीहरूको चासो प्रवर्धनका लागि मद्दत गर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register