कोशी प्रदेशमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न

विराटनगर, २ चैत्र । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले कोशी प्रदेशमा होली पर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेकोमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न भयो । फाल्गुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईका जिल्लाहरुमा मनाईने होली पर्वमा कुनै प्रकारका अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी सुरक्षा [...] The post कोशी प्रदेशमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न appeared first on Jhapa Online.

Mar 15, 2025 - 09:51
 0
कोशी प्रदेशमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न

विराटनगर, २ चैत्र । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले कोशी प्रदेशमा होली पर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेकोमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न भयो । फाल्गुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईका जिल्लाहरुमा मनाईने होली पर्वमा कुनै प्रकारका अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन ८ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । चेक जाँचमा कडाइ गर्दै मोबाइल गस्ती, म्यन ९प्ढ० सहितको स्वीप अपरेसन, क्यूआरटी, चोक बजारमा भएका सिसि क्यामेराको निगरानी, सादा पोसाकमा प्रहरी परिचालन गरी आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाईएको थियो ।

होली पर्वलाई सभ्य, भव्य, सु–संस्कृत र हर्षोल्लासमय वातावरणमा सम्पन्न बनाउन सामाजिक सञ्जाल तथा सञ्चार माध्यमद्वारा सचेतनामूलक सन्देशहरु प्रवाह गरिएको थियो भने प्रदेश अन्तर्गत मुख्य(मुख्य चोक बजार एरिया इलाकाहरुमा कानून विपरित अवाञ्चित गतिविधि नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आपसमा सद्भाव कायम राखी होली पर्व मनाउन सबै प्रहरी कार्यालयहरुलाई माइकिङ समेत गर्न लगाईएको थियो ।

हिमाली र पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा सुरक्षा चुनौती अलि बढी हुने भएकोले राष्ट्रिय पर्व होलीलाई मर्यादित, भव्य र सभ्य तरिकाले मनाउने वातावरण सृजना गर्न, विगतका बर्षहरुमा भएका अपराधिक घटनाहरुलाई समेत मध्येनजर गरी उच्छृङ्खल गतिविधि हुनसक्ने सम्भावित स्थानको पहिचान तथा मानिसहरुको वढी जमघट हुने स्थानहरुमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाईएको थियो ।

होली पर्व मनाउने क्रममा फाल्गुन २९ गते पहाडी जिल्लाहरुमा नियम उल्लंघन गरेर चलाइएका मोटरसाईकल ८ वटा अटो टेम्पो १ वटा र चारपाङ्ग्रे सवारी साधन एउटा प्रहरीले नियन्त्रणमा लिएको थियो भने, चैत्र १ गते तराईका जिल्लाहरुमा होली पर्व मनाउने क्रममा उच्छृंखल गतिविधिमा संलग्न रहेका १३३ जना मानिसलाई निन्त्रणमा लिएको थियो भने मादक पदार्थ सेवन गरी नियम उल्लंघन गरेर चलाइएका दुईपाङ्ग्रे सवारी साधन १ हजार ८ वटा, तीन पाङ्ग्रे ५९ वटा, चार पाङ्ग्र १९ वटा नियन्त्रणमा लिएको थियो ।

कोशी प्रदेश अन्तर्गत प्रहरीको प्रभावकारी सुरक्षा योजना अन्तर्गत व्यवस्थित प्रहरी परिचालनका कारण होलीको पावन अवसरमा कुनै पनि अपृय घटना नघटी शान्त पूर्वक सम्पन्न भएको छ ।

रंगहरुको पर्व होलीलाई सभ्य, शिष्ट, मर्यादित तवरले मनाउनको निमित्त आफ्नो पदिय दायित्व कुशलतापूर्वक निर्वाह गर्नु हुने सकल दर्जाका प्रहरी कर्मचारीहरु तथा होली पर्वलाई मर्यादित बनाउन र प्रहरीलाई समेत साथ, सहयोग, हौसला प्रदान गरी समन्वय एवं सहकार्य गर्नु हुने सम्पूर्ण प्रदेश बासीहरुमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले हृदय देखि धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नु भएको छ ।

The post कोशी प्रदेशमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register