तेजस्वी कम्प्युटरले शुरु गर्यो पानासोनिकका उत्पादन

बिर्तामोड, २४ माघ । झापाको बिर्तामोडस्थित तेजस्वी कम्पुटर सपोर्टले जापानिज कम्पनी पानासोनिकको घरायसी सामग्री बिक्री शुरु गरेको छ । पानासोनिक कम्पनीको ‘पसलभित्र पसल’ अवधारणा अनुसार तेजस्वीले बिर्तामोडस्थित आफ्नै पसलमा पानासोनिक कम्पनीको विभिन्न उत्पादनको बिक्री शुरु गरेको हो । पसलको आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गर्नुभयो । उहाँले व्यापारलाई समयानुकूल परिवर्तन गर्दै [...] The post तेजस्वी कम्प्युटरले शुरु गर्यो पानासोनिकका उत्पादन appeared first on Jhapa Online.

Feb 6, 2025 - 09:10
 0
तेजस्वी कम्प्युटरले शुरु गर्यो पानासोनिकका उत्पादन

बिर्तामोड, २४ माघ । झापाको बिर्तामोडस्थित तेजस्वी कम्पुटर सपोर्टले जापानिज कम्पनी पानासोनिकको घरायसी सामग्री बिक्री शुरु गरेको छ ।

पानासोनिक कम्पनीको ‘पसलभित्र पसल’ अवधारणा अनुसार तेजस्वीले बिर्तामोडस्थित आफ्नै पसलमा पानासोनिक कम्पनीको विभिन्न उत्पादनको बिक्री शुरु गरेको हो ।

पसलको आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गर्नुभयो । उहाँले व्यापारलाई समयानुकूल परिवर्तन गर्दै नयाँ योजनाका अनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नाफासँगै सेवामूलक र ग्राहक आकर्षित हुने खालका व्यवसाय प्रबद्र्धन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिवेणी व्यापार कम्पनीका जेनेरल म्यानेजर निरजकुमार ठाकुरले पानासोनिक कम्पनीको पसलभित्र सपल अवधारणा अनुसार देशका २० वटा सहरमा यस प्रकारका सपल सञ्चालन आउने बताउनुभयो ।

पसल भित्र पसलमा कम्पनीका उत्पादनहरूको मूल्यमा बजार भन्दा केही फरक पर्ने र खुद्रा पसलभन्दा सहुलियत हुने सञ्चालक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राहकहरूका लागि थप सुविधा प्रदान गर्न मासिक किस्ता बन्दीमा पनि सामग्रीहरु खरिद गर्न सकिने व्यवस्था छ ।

नौ वर्ष पहिले सानो दुईवटा कोठाबाट सेवा सुरु गरेको तेजस्वीले दुई वर्ष पहिलेदेखि मात्र हालको फराकिलो स्थानमा आफ्नो व्यावसायिक सेवा सञ्बालन गर्दै आएको छ ।
तेजस्वी कम्प्युटर सपोर्टको व्यावसायिक सुरुवात कम्प्युटर, प्रिन्टर, स्क्यानर र त्यसका एसेसरीजहरूको बिक्री र मर्मतबाट गरेको थियो । यसपछि सेक्युरिटी सर्भिलेन्स सुविधा थप गर्दै हिक भिजन कम्पनीबाट उत्पादित सिसी क्यामेरा लगायत सामग्रीहरूको आधिकारिक बिक्रेताका रुपमा काम गरिरहेको छ ।

कार्यक्रममा त्रिवेणी व्यापार कम्पनीका नेशनल सेल्स मेनेजर रुपेश राम त्रिपाठी, एरिया इञ्चार्ज शिव श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

The post तेजस्वी कम्प्युटरले शुरु गर्यो पानासोनिकका उत्पादन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register