लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानून बनाउने तयारी, फेल भए खेती गर्न प्रोत्साहन गरिने ! 

काठमाडौँ । लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानून बनाउने तयारी गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो कानून बनाउने विषयमा छलफल सुरु भएको हो । लोकसेवा आयोगको परीक्षामा ५-६ पटकसम्म फेल हुने व्यक्ति अयोग्य हुने भन्दै परीक्षामा सहभागी गराइरहन आवश्यक नरहेको स्वयम् लोकसेवा आयोगकै अधिकारीहरुले बताएका छन् […]

Mar 17, 2025 - 04:26
 0
लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानून बनाउने तयारी, फेल भए खेती गर्न प्रोत्साहन गरिने ! 

काठमाडौँ । लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानून बनाउने तयारी गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो कानून बनाउने विषयमा छलफल सुरु भएको हो ।

लोकसेवा आयोगको परीक्षामा ५-६ पटकसम्म फेल हुने व्यक्ति अयोग्य हुने भन्दै परीक्षामा सहभागी गराइरहन आवश्यक नरहेको स्वयम् लोकसेवा आयोगकै अधिकारीहरुले बताएका छन् । 

सोही विषयलाई ध्यानमा राख्दै ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा लोकसेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउनेगरी कानून बनाउने तयारी गरिएको समितिका एक सदस्यले बताएका छन् ।  

सोही अनुसारको कानून निर्माण गर्ने तयारी गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई समितिले जिम्मेवारी दिएको छ । ६ पटकसम्म पनि परीक्षामा फेल भए ती युवालाई गाउँमा खेती गर्न राज्यले प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका थिए । यद्यपि, समितिका केही सदस्यले भने परीक्षा दिन पाउने समयसीमा तोक्न नहुने मत राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register