पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान रद्द, यात्रुहरु अलपत्र ! 

काठमाडौँ । पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान रद्द भएका छन् । सोमबार बिहान पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान मौसमका कारण रद्द भएका हुन् ।  पोखरा र काठमाडौँको मौसममा देखिएको खराबीका कारण उडान रद्द गरिएको विमानस्थलले जनाएको छ ।  सोमबार पोखरादेखि काठमाडौँका लागि टिकट काटेका यात्रुहरु बिहानै एयरपोर्ट पुगेका थिए । सुरुमा विमानस्थलले मौसम खराबीको कारण […]

Apr 7, 2025 - 07:40
 0
पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान रद्द, यात्रुहरु अलपत्र ! 

काठमाडौँ । पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान रद्द भएका छन् । सोमबार बिहान पोखरादेखि काठमाडौँ आउने अधिकांश उडान मौसमका कारण रद्द भएका हुन् । 

पोखरा र काठमाडौँको मौसममा देखिएको खराबीका कारण उडान रद्द गरिएको विमानस्थलले जनाएको छ । 

सोमबार पोखरादेखि काठमाडौँका लागि टिकट काटेका यात्रुहरु बिहानै एयरपोर्ट पुगेका थिए । सुरुमा विमानस्थलले मौसम खराबीको कारण देखाउँदै उडान ढिलो हुने जानकारी दिँदै आएको थियो । तर, पछि एक्कासि सबै उडान रद्द गरिएको यात्रुहरुले बताएका छन् ।  

अधिकांश उडान रद्द हुँदा सयौँ यात्रुहरु अलपत्र परेका छन् । उडान नै रद्द भएपछि केही यात्रु एयरपोर्टबाट फर्किएका छन् भने सयौँ यात्रु अझै एयरपोर्टमै छन् । हाल पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै उडान ठप्प छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register