सरकार परिवर्तनको भ्रममा नपर्न काङ्ग्रेस एमालेको आग्रह

काठमाडौं । सत्तारूढ दलका प्रमुख सचेतकहरूले नयाँ राष्ट्रिय सहमतिको सरकार बन्ने  भ्रममा नपर्न आम नागरिकलाई आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान गठबन्धन नै राष्ट्रिय सहमतिको सरकार भन्दै नयाँ सरकार गठनको हल्ला भ्रम भएको प्रतिक्रिया दिएका हुन् । संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काङ्ग्रेसका […]

Mar 17, 2025 - 09:35
 0
सरकार परिवर्तनको भ्रममा नपर्न काङ्ग्रेस एमालेको आग्रह

काठमाडौं । सत्तारूढ दलका प्रमुख सचेतकहरूले नयाँ राष्ट्रिय सहमतिको सरकार बन्ने  भ्रममा नपर्न आम नागरिकलाई आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान गठबन्धन नै राष्ट्रिय सहमतिको सरकार भन्दै नयाँ सरकार गठनको हल्ला भ्रम भएको प्रतिक्रिया दिएका हुन् ।

संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काङ्ग्रेसका प्रमुख सचेतक घिमिरेले वर्तमान सरकारको आधार नै राष्ट्रिय सहमतिको सरकार रहेको उल्लेख गरे । सरकार सहज ढङ्गले चलिरहेको भन्दै उनले नयाँ सरकार गठन हुने भ्रममा नपर्न आग्रह गरेका छन् । ‘मुलुकको स्थायित्वका लागि वर्तमान सरकार गठन भएको हो । यसलाई तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल भएको छैन । नयाँ सरकार गठन हुने भ्रममा नपरौँ,’ उनको भनाइ छ ।

यस्तै एमालेका प्रमुख सचेतक बर्तौलाले सरकारमा आउन चाहेकाहरूले नयाँ राष्ट्रिय सहमतिको सरकारको हल्ला चलाएको टिप्पणी गरे । ‘दुई ठुला दल र केही अन्य दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको सरकार हो । सरकारमा कुनै दललाई भित्र्याउने वा कोहीलाई बाहिर पठाउने भन्ने छलफल नै भएको छैन । सरकार परिवर्तनको कुनै सम्भावना छैन,’ उनले भने ।

काङ्ग्रेस र एमालेको संयुक्त सरकामा कुनै मतभेद नरहेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register