एमालेको निष्कर्ष – राजतन्त्र फर्काउने प्रयास सफल हुँदैन
काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने बताएको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने, “राजतन्त्रले पटक-पटक जनताको अधिकारमाथि आक्रमण गरेकोले सर्वसत्तावादतर्फ उद्दत गर्दै राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भनेर गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्टाउने […]

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने बताएको छ ।
पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, “राजतन्त्रले पटक-पटक जनताको अधिकारमाथि आक्रमण गरेकोले सर्वसत्तावादतर्फ उद्दत गर्दै राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भनेर गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्टाउने र देशलाई पश्चगामी दिशातिर फर्काउने कुनै प्रयास सफल हुँदैन ।”
राजतन्त्रको बेलामा कस्तो अवस्था थियो बहस गर्न आवश्यक रहेकोसमेत उनले बताए ।
पछिल्ला दिनमा गणतन्त्र र नेपालको संविधानविपरीत भएका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएकोसमेत एमालेले जनाएको छ ।
What's Your Reaction?






