मध्यराती आरआरमा अनेरास्ववियुको तालाबन्दी

काठमाडौं । सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ । निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भन्दै तालाबन्दी गरिएको हो । क्याम्पस गेटमा एक विज्ञप्ति पत्र टाँसेर तालाबन्दी गरिएको छ । […]

Mar 17, 2025 - 18:38
 0
मध्यराती आरआरमा अनेरास्ववियुको तालाबन्दी

काठमाडौं । सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भन्दै तालाबन्दी गरिएको हो ।

क्याम्पस गेटमा एक विज्ञप्ति पत्र टाँसेर तालाबन्दी गरिएको छ ।

यस विषयमा निष्पक्ष छानबिन नभएसम्म स्ववियु निर्वाचन हुन नदिइने चेतावनीसमेत दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register