आकाशबाट यस्तो देखियो नागढुंगा सिस्नेखोला सुरुङमार्ग (तस्विरहरू)

काठमाडौँ । संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुका लागि नागढुंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आए पछि सहज हुने भएको छ । समयसम्म नागढुङ्गा-थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्न कै लागि सुरुङ मार्गको निर्माण पनि गरिएको हो । सो सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसके पनि हाल सो क्षेत्रका स्थानियहरुले विभिन्न […]

Mar 19, 2025 - 08:20
 0
आकाशबाट यस्तो देखियो नागढुंगा सिस्नेखोला सुरुङमार्ग (तस्विरहरू)

काठमाडौँ । संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुका लागि नागढुंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आए पछि सहज हुने भएको छ । समयसम्म नागढुङ्गा-थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्न कै लागि सुरुङ मार्गको निर्माण पनि गरिएको हो ।

सो सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसके पनि हाल सो क्षेत्रका स्थानियहरुले विभिन्न माग राख्दै निर्माण काम रोक्ने गरेका छन् ।

सो आयोजनामा तीनओटा अन्डरपास, चारओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छ । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भई रहेको आयोजनाले जनाएको छ ।

यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा-आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानिय अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register