सगरमाथा संवादलाई विशेष बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादलाई विशेष बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको निर्देशक समितिको पहिलो बैठकमा उनले संवादलाई विशेष बनाउनेगरी अघि बढ्न भनेका हुन् । ‘सबै क्षेत्रको सहभागिता गराएर कार्यक्रमको तयारी र व्यवस्थापन हरेक हिसाबले उत्कृष्ट हुनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा कार्यक्रमको समग्र […]

Mar 19, 2025 - 10:53
 0
सगरमाथा संवादलाई विशेष बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादलाई विशेष बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको निर्देशक समितिको पहिलो बैठकमा उनले संवादलाई विशेष बनाउनेगरी अघि बढ्न भनेका हुन् ।

‘सबै क्षेत्रको सहभागिता गराएर कार्यक्रमको तयारी र व्यवस्थापन हरेक हिसाबले उत्कृष्ट हुनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरूको निमन्त्रणा, विज्ञहरूको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यबारे छलफल भएको छ ।

सगरमाथा संवादका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति छ । त्यसको व्यवस्थापन समितिको नेतृत्व  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको छ  भने वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी व्यवस्थापन समितिका सहध्यक्ष छन् ।

सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिसकेको छ । सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register