भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा बनेको मकवानपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ । ३ करोडको लागतमा निर्मित भवनको जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग […]

Mar 19, 2025 - 10:53
 0
भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा बनेको मकवानपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ ।

३ करोडको लागतमा निर्मित भवनको जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र मकवानपुरको जिल्ला समन्वय समिति मार्फत कार्यान्वयन गरिएको थियो ।

सो विद्यालय सन् १९६८ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो र सन् १९८५ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग ८५० विद्यार्थीहरू रहेका छन्, जसमध्ये ५४ प्रतिशत छात्रा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register