पूर्वी भारतमा आठ जना सशस्त्र विद्रोही मारिए

एजेन्सी । भारतको झारखण्ड राज्यमा सोमबार सुरक्षाकर्मीहरूसँगको भीषण भिडन्तमा कम्तीमा आठ जना सशस्त्र विद्रोही (नक्सल) मारिएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । मारिएका मध्ये एक विद्रोहीको टाउकोको मूल्य एक करोड भारतीय रुपैयाँ रहेको थियो, जसलाई नक्सल विरुद्धको अभियानमा ठूलो सफलता मानिएको छ । सुरक्षाकर्मीहरूले घटनास्थलबाट दुईवटा राइफल, केही सैनिक हतियार, एकवटा पेस्तोल र आठवटा देशी […]

Apr 21, 2025 - 17:28
 0
पूर्वी भारतमा आठ जना सशस्त्र विद्रोही मारिए

एजेन्सी । भारतको झारखण्ड राज्यमा सोमबार सुरक्षाकर्मीहरूसँगको भीषण भिडन्तमा कम्तीमा आठ जना सशस्त्र विद्रोही (नक्सल) मारिएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । मारिएका मध्ये एक विद्रोहीको टाउकोको मूल्य एक करोड भारतीय रुपैयाँ रहेको थियो, जसलाई नक्सल विरुद्धको अभियानमा ठूलो सफलता मानिएको छ ।

सुरक्षाकर्मीहरूले घटनास्थलबाट दुईवटा राइफल, केही सैनिक हतियार, एकवटा पेस्तोल र आठवटा देशी बन्दुक बरामद गरेका छन् ।

सुरक्षाकर्मी र विद्रोहीबीचको यो भिडन्त झारखण्ड राज्यको बोकारो क्षेत्रमा सोमबार बिहानै सुरु भएको थियो । भारतका गृहमन्त्री अमित शाहको कार्यालयले यो सफलतालाई नक्सलवाद उन्मूलन अभियानको एक महत्वपूर्ण उपलब्धि भनेर प्रशंसा गरेको छ ।

नक्सलीहरू आफूहरू स्थानीय आदिवासीहरूको अधिकारका लागि लडिरहेको बताउँदै आएका छन् र उनीहरू विगतका केही दशकदेखि भारतका विभिन्न राज्यहरूमा सक्रिय रहेका छन् । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register