ग्लोबल आइएमई बैङ्कले जारी गर्‍यो नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरसहितको क्यालेन्डर

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरमा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश गरिएको छ। बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्यालेन्डर सार्वजनिक गरेका हुन्। क्यालेन्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत […]

Mar 19, 2025 - 14:50
 0
ग्लोबल आइएमई बैङ्कले जारी गर्‍यो नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरसहितको क्यालेन्डर

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरमा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश गरिएको छ।

बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्यालेन्डर सार्वजनिक गरेका हुन्।

क्यालेन्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ। तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्ने बताइएको छ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए। उनले विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने,  ‘नेपालको सर्वाङ्गिण विकासका लागि नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन  गर्न आवश्यक छ।’

कार्यक्रममा बैङ्कको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैङ्कका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैङ्क हो । बैङ्कले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्कलाई सबैंका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ।

त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register