सबैभन्दा बढी विकेट लिने खेलाडी बन्न हेनरी र शामीबीच प्रतिस्पर्धा

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी विकेट लिनेमा फाइनलमा पुगेका दुई टोलीका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ । न्युजिल्यान्डका म्याट हेनरी र भारतका मोहम्मद शामीबीच प्रतिस्पर्धा चलिरहेको हो । सेमिफाइनलका खेल सकिँदा ४ इनिङ्समा हेनरीले सर्वाधिक १० विकेट लिएका छन् । उनले बुधबार राति दक्षिण अफ्रिकाविरुद्ध २ विकेट लिँदै शामीलाई उछिनेका थिए । यसर्थ […]

Mar 6, 2025 - 07:32
 0
सबैभन्दा बढी विकेट लिने खेलाडी बन्न हेनरी र शामीबीच प्रतिस्पर्धा

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी विकेट लिनेमा फाइनलमा पुगेका दुई टोलीका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ । न्युजिल्यान्डका म्याट हेनरी र भारतका मोहम्मद शामीबीच प्रतिस्पर्धा चलिरहेको हो ।

सेमिफाइनलका खेल सकिँदा ४ इनिङ्समा हेनरीले सर्वाधिक १० विकेट लिएका छन् । उनले बुधबार राति दक्षिण अफ्रिकाविरुद्ध २ विकेट लिँदै शामीलाई उछिनेका थिए । यसर्थ हेनरीलाई ८ विकेट लिएका शामीले पछ्याइरहेका छन् ।

आगामी आइतबार हुने फाइनलले सबैभन्दा बढी विकेट खेलाडी को बन्नेछन् भन्ने निर्धारण गर्नेछ । शामीले २ विकेट लिए मात्र हेनरीसँग बराबरी हुन्छ । यसर्थ यसमा हेनरीको पल्ला भारी छ ।

हेनरी र शामीलाई भारतका वरुण चक्रवती र न्युजिल्यान्डका कप्तान मिचेक सेन्टनरले पछ्याइरहेको छन् । उनीहरूले समान ७ विकेट लिएका छन् ।

यस्तै ७ नै विकेट लिएका अफगानिस्थानका अज्मातुल्लाह ओमारजाई र अष्ट्रेलियाका बेन ड्वारशुइसले पनि ७ विकेट नै लिएका छन् । तर अफगानिस्तान र अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिइसकेकाले यी २ शीर्ष स्थानको प्रतिस्पर्धामा छैनन् ।

सम्बन्धित समाचारहरू :

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, भारतसँग उपाधि भिडन्त

तीनवटै खेल हारेर समूह चरणबाटै बाहिरिएको इङ्ल्यान्डका दुई खेलाडी बढी रन बनाउनेको शीर्ष स्थानमा

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register