प्रधानमन्त्री कप क्रिकेट : आर्मीले गण्डकीलाई हरायो, आलमको पाँच विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । शुक्रबार दाङको लमहीमा भएको खेलमा छटौँ जित हासिल गर्ने क्रममा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । तालिकाको पुछारमा रहेको गण्डकीको यो छैटौँ पराजय हो । ११७ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर २६.५ ओभरमा पूरा गरेको […]

Mar 21, 2025 - 08:21
 0
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले गण्डकीलाई हरायो, आलमको पाँच विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

शुक्रबार दाङको लमहीमा भएको खेलमा छटौँ जित हासिल गर्ने क्रममा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । तालिकाको पुछारमा रहेको गण्डकीको यो छैटौँ पराजय हो ।

११७ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर २६.५ ओभरमा पूरा गरेको थियो । आर्मीका ओपनर त्रृतराज दासले ३७ रन र बसिर अहमदले नटआउट ३२ रन बनाए ।

पहिले ब्याटिङ गरेको गण्डकी ३०.३ ओभरमा अलआउट भयो र जम्मा ११६ रन बनाउन सक्यो । ओपनर अर्जुन कुमालले सबैभन्दा बढी ३३ रन बनाए ।

आर्मीका साहब आलमले पाँच विकेट लिएपछि गण्डकी सस्तैमा अलआउट भएको थियो ।  कुशल मल्ल र नरेन साउदले २-२ विकेट लिए । नरेनले मात्र ३ बल फाल्ने मौका पाएका थिए ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register