बागमतीले कर्णालीलाई ९ विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले कर्णालीलाई ९ विकेटले पराजित गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा ५९ रनको झिनो लक्ष्य बागमतीले ६.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । बागमतीका लागि इशान पान्डेले २२ रन बनाए । आशुतोष घिरैयाले १९ र शुभ कङ्साकरले १६ रन बनाए । कर्णालीका लागि दीपेन्द्र […]

Mar 24, 2025 - 06:28
 0
बागमतीले कर्णालीलाई ९ विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले कर्णालीलाई ९ विकेटले पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा ५९ रनको झिनो लक्ष्य बागमतीले ६.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बागमतीका लागि इशान पान्डेले २२ रन बनाए । आशुतोष घिरैयाले १९ र शुभ कङ्साकरले १६ रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावतले १ विकेट लिए ।

यसअघि बागमतीका लागि कर्णाली १९.१ ओभरमा ५८ रनमा अलआउट भएको थियो ।

कर्णालीका लागि सुनिल धमलाले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बागमतीका लगि रिजन ढकालले ५ विकेट लिए । उनले ८.१ ओभरमा १९ रन खर्चेर फाइफर पूरा गरे । सो क्रममा १ मेडन पनि फाले । सूर्य तामाङले ४ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register