लोकेशको विष्फोटक पारीमा एपीएफको फाइनल सम्भावना कायमै

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आफ्नो अन्तिम खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । सिद्धार्थनगर क्रिकेट स्टेडियममा बुधबार भएको रोमाञ्चक खेलमा एपीएफले कोशीलाई २ विकेटले पराजित गरेको हो । यससँगै एपीएफले ९ खेलमध्ये ७ मा जित हासिल गरेर १४ अङ्क जोड्दै फाइनल पुग्ने सम्भावना कायम राखेको छ । २५५ रनको लक्ष्य एपीएफले ४४.४ […]

Mar 26, 2025 - 10:38
 0
लोकेशको विष्फोटक पारीमा एपीएफको फाइनल सम्भावना कायमै

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आफ्नो अन्तिम खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।

सिद्धार्थनगर क्रिकेट स्टेडियममा बुधबार भएको रोमाञ्चक खेलमा एपीएफले कोशीलाई २ विकेटले पराजित गरेको हो ।

यससँगै एपीएफले ९ खेलमध्ये ७ मा जित हासिल गरेर १४ अङ्क जोड्दै फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

२५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

एपीएफका लागि लोकेश बम र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । ८ विकेट गुमाएपछि पराजित हुन लागेको एपीएफका लागि विष्फोटक ब्याटिङ गर्दै लोकेशले खेलको स्वरुप परिवर्तन गरे ।

५४ बलमा ६ चौका र ६ चक्का प्रहार गरेका लोकेश ८४ रनमा अविजित रहे । रोहितले भने ७३ बलमा ६ चौका प्रहार गर्दै ६१ रन बनाए ।

कोशीका लागि फिर्दोश अन्सारी र दीपेश कँडेलले ३–३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको कोशी पूरै ५० ओभरमा २५४ रनमा अलआउट भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register