फ्रेन्च लिग वान : नाइस र ओसेरको १–१ को बराबरी
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा नाइस र ओसेरबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ । खेलको सुरुवातदेखि नै दुबै टिम आक्रमक खेलेका थिए । खेलको ३७औं मिनेटमा नाइसका लागि इभान गेसान्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । नाइसको यो अग्रता पहिलो हाफसम्म कायम थियो । तर, खेलको ८७औं मिनेटमा नाइसका मेल्भिन बार्ड रातो कार्ड […]

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा नाइस र ओसेरबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ । खेलको सुरुवातदेखि नै दुबै टिम आक्रमक खेलेका थिए ।
खेलको ३७औं मिनेटमा नाइसका लागि इभान गेसान्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । नाइसको यो अग्रता पहिलो हाफसम्म कायम थियो । तर, खेलको ८७औं मिनेटमा नाइसका मेल्भिन बार्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
खेलको अतिरिक्त समयमा ओसेरका फ्लोरियन एयले बराबरी गोल गर्दै खेललाई १–१ मा पुर्याएपछि दुबै टोलीले १–१ को बराबरीमा अंक बाँडे ।
योसँगै नाइस ४७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने ओसेर ३२ अंकका साथ ११ औं स्थानमा छ ।
What's Your Reaction?






