प्रधानमन्त्री ओलीलाई थाइल्यान्डका राजदूतको औपचारिक निम्तो, १९ गते बैङ्कक प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले बुधबार भेट गरेका छन् । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्यान्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले ओलीलाई भेटेर औपचारिक निम्तो दिएका हुन् । यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैठौँ शिखर […]

Mar 26, 2025 - 16:56
 0
प्रधानमन्त्री ओलीलाई थाइल्यान्डका राजदूतको औपचारिक निम्तो, १९ गते बैङ्कक प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले बुधबार भेट गरेका छन् ।

थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्यान्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले ओलीलाई भेटेर औपचारिक निम्तो दिएका हुन् ।

यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैठौँ शिखर सम्मेलन तथा थाइल्यान्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिमिमण्डल यही चैत चैत १९ गते बैङ्कक प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register