डेढ करोडको बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं।   बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएका ३६ वर्षीय बिराज तामाङ छन्। तामाङलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।  प्रहरीका अनुसार इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरीका आधारमा दायर […]

Mar 26, 2025 - 17:07
 0
 डेढ करोडको बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं। 

 बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएका ३६ वर्षीय बिराज तामाङ छन्।

तामाङलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरीका आधारमा दायर भएको बैकिङ कसुर मुद्दामा उनी फरार रहेका थिए।

 उनलाई अनुसन्धानका लागि महाराजगन्ज प्रहरी वृत्तमा पठाइएको छ। उनीविरूद्ध एक करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको बिगो रहेको छ। 

प्रहरी अभिलेख अनुसार तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा नौ वटा मुद्दा दर्ता छन्, जसमा बैकिङ कसुरसँग सम्बन्धित आर्थिक अपराधहरू समेटिएका छन्।

प्रहरीले तामाङलाई अदालतसमक्ष पेस गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register