अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा शास्त्रीय गायक श्रीराम आचार्यको प्रस्तुती । 

Feb 28, 2025 - 09:27
Feb 28, 2025 - 09:31
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा शास्त्रीय गायक श्रीराम आचार्यको प्रस्तुती । 

फाल्गुन १६, काठमाण्डौ । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ३२ औं

श्रृंखलामा बरिष्ठ शास्त्रीय गायक श्रीराम आचार्यले शास्त्रीय गायनमा राग पुरिया कल्याण, राग पशुपतिको  प्रस्तुती संगै भजन पनि प्रस्तुत गर्नु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथी तथा ललितकला क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख डा. यम प्रसाद उपाध्यायले शास्त्रीय गायक श्रीराम आचार्य र अन्य कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो । 


उहाँलाई तबलामा युवा तबला बादक अनन्त प्रजापतिले साथ दिएका थिए । 
शास्त्रिय संगीतका अनेक पुस्तकका लेखक तथा पद्यम कन्या क्याम्पसका पुर्व प्राध्यापक श्रीराम आचार्य संगीत प्रवीण  नरराज ढकालका पहिलो चेला पनि हुन । 


शास्त्रीय संगीतलाई जीवन्त  राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते काठमाडौंको वडा नं ८ को गौरीघाटस्थित प्रतिष्ठानको आफनै भवनमा  विगत ३२   महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register