प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधीसहित पाँच जना पक्राउ

विराटनगर, १४ चैत । मोरङ, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १३ गते मोरङको विराटनगर महानगरपालिका–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउनसुगर ५ ग्रामसहित सुनसरीको धरान–१३ का ३५ वर्षीय राजकुमार राई, मोरङ उर्लाबारी–२ का ३१ वर्षीय सन्दिप [...] The post प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधीसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

Mar 27, 2025 - 06:21
 0
प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधीसहित पाँच जना पक्राउ

विराटनगर, १४ चैत । मोरङ, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत १३ गते मोरङको विराटनगर महानगरपालिका–१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउनसुगर ५ ग्रामसहित सुनसरीको धरान–१३ का ३५ वर्षीय राजकुमार राई, मोरङ उर्लाबारी–२ का ३१ वर्षीय सन्दिप कटुवाललाई ३ ग्राम ब्राउनसुगरसहित र पथरी शनिश्चरे–१० का ३२ वर्षीय प्रेमबहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–१७ का २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्यापसुल र स्पास्पेन ७ ट्याव्लेट सहित पक्राउ गरेको छ ।

The post प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र निषेधित औषधीसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register