अनुमति बिना सञ्चालित चिनियाँ भाषा कक्षा बन्द 

रौतहट ।  पर्यटन भिसामा नेपाल आएका चिनिया नागरिकले चन्द्रपुर नगरपालिकामा सञ्चालन गरेको नि:शुल्क भाषा कक्षा बन्द भएको छ । एक महिना लामो समय देखि चन्द्रपुर नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको चिनिया भाषा कक्षा बन्द भएको हो ।अनुमति बिना सञ्चालित चिनियाँ नागरिकले भाषा कक्षा सचालन गर्दै आएको सूचनाको आधारमा प्रहरीले बन्द गराएको हो ।  कुन उदेश्यले […]

Mar 27, 2025 - 12:52
 0
अनुमति बिना सञ्चालित चिनियाँ भाषा कक्षा बन्द 

रौतहट । 

पर्यटन भिसामा नेपाल आएका चिनिया नागरिकले चन्द्रपुर नगरपालिकामा सञ्चालन गरेको नि:शुल्क भाषा कक्षा बन्द भएको छ । एक महिना लामो समय देखि चन्द्रपुर नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको चिनिया भाषा कक्षा बन्द भएको हो ।अनुमति बिना सञ्चालित चिनियाँ नागरिकले भाषा कक्षा सचालन गर्दै आएको सूचनाको आधारमा प्रहरीले बन्द गराएको हो ।

 कुन उदेश्यले चिनिया भाषा कक्षा सञ्चालन गरेको नखुलेपछि चन्द्रपुर नगरपालिकाको विभिन्न वडामा स–साना बालबालिका जम्मा गरेर भाषा कक्षा सञ्चालन हुँदै  आएको थियो । चन्द्रपुर नगरपालिका वडानम्बर १० बालचनपुर स्थित तेली समाज धर्मशाला, चन्द्रपुर वडानम्बर ६ बजारटोल स्थित ईभा खाजाघर र हातेमालो सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा अनुमति नलिएरै चार वटा कक्षा सञ्चालित हुँदै आएको थियो ।

 निःशुल्क रुपमा भाषा सिकाउनुको अलावा उनीहरुले सहभागी बालबालिकाहरुलाई दैनिक प्रतिव्यक्ति ५० रुपैयाँ र शैक्षिक सामग्री समेत नि:शुल्क दिएको सहभागि बालबालिकाले बताए । भाषा कक्षामा दैनिक उपस्थित  हुने विद्यार्थीहरुलाई प्रशिक्षकहरुले उपहारमा साइकल प्रदान गर्ने गरेका थिए । भाषा कक्षा सञ्चालन बन्द भएपछि उनीहरुले चन्द्रपुर छाडेका छन्  ।

 ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएर अनुमति बिना भाषा कक्षा सञ्चालन नगर्न जानकारी गराएपछि उनीहरुले भाषा कक्षा बन्द गरेर चन्द्रपुर छाडेका छन् । भाषा सिकाउने क्रममा केहीले चिनिया नागरिकले चिनिया एप्सबाट मोबाईलमा लाईभ समेत गर्ने गरेका थिए । बालचनपुरको तेली समाज धर्मशाला भित्र अध्यन गर्ने झन्डै २ सय बालबलिकाहरु चिनियाँ नागरिक एलीनले अध्यापन गर्ने गराउँदै आएकी थिइन । उनले भनिन्  भविष्यमा अध्यन गर्न चिन जाने बालबालिकाको  सहजताको लागि नि:शुल्क अध्यापन गर्ने गरेको हो । चिनिया भाषाको कक्षा सञ्चालन भएको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफलेले बन्द गराउन चासो राखेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register