विमानस्थलबाट ५ केजी गाँजासहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी २ सय ग्राम गाँजासहित तीनजना विदेशी नागरिक पक्राउ परेका छन्। चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट ५ केजी २ सय ग्राम गाँजासहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। यस्तै थाइल्याण्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत […]

Apr 10, 2025 - 10:41
 0
विमानस्थलबाट ५ केजी गाँजासहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी २ सय ग्राम गाँजासहित तीनजना विदेशी नागरिक पक्राउ परेका छन्। चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट ५ केजी २ सय ग्राम गाँजासहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

यस्तै थाइल्याण्डबाट पठाएको गाँजा नेपालमा रिसिभ गर्ने र भारत लैजाने थाइल्याण्ड घर भएर काठमाडौँमा बस्ने २४ वर्षीया चोनलादा निनचा तुरत र भारत घर भएका ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिक थाइल्याण्डबाट ल्याएको गाँजा भारततर्फ लैजाने भूमिकामा थिए । सो समूहले नेपाल र भारतको बाटो प्रयोग गेरी खाडी मुलुकमा पनि गाँजाको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register