दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज (शुक्रबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ तथा राष्ट्रियसभा दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । यसअघि बुधबार र बिहीबार लगातार दुई दिन प्रतिनिधिसभाको बैठक कुनै बिजनेस नगरी स्थगित भएको थियो । बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । बिहीबार […]

Mar 28, 2025 - 03:13
 0
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज (शुक्रबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ तथा राष्ट्रियसभा दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

यसअघि बुधबार र बिहीबार लगातार दुई दिन प्रतिनिधिसभाको बैठक कुनै बिजनेस नगरी स्थगित भएको थियो ।

बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।

बिहीबार ११ बजे डाकिएको बैठकमा दलहबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । २ बजे पनि बस्ने नसकेपछि अपराह्न ४ बजेका लागि बैठक बस्ने तय भएको थियो ।

४ बजेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर आज बिहानका लागि डाकिएको हो ।

विपक्षी दलले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटको पेसी आजलाई नै तोकिएको छ ।

संसद् सचिवालयले आजका लागि कुनै सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन । सम्भवत आज बिहीबारकै कार्यसूचीलाई निरन्तरता दिइने छ ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्ने कार्यसूची छ ।

बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

यसैगरी ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने पनि कार्यसूची छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेलगायत कार्यसूची छ ।

संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register