छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। पर्साको वीरगंज महानगरपालिका९१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगरपालिका९४ बस्ने ६८ वर्षीया अनुसुया अग्रवाल शनिबार मृत अवस्थामा फेला परेकी छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका९२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका […]

Mar 29, 2025 - 12:57
 0
छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

काठमाडौं ।

विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। पर्साको वीरगंज महानगरपालिका९१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगरपालिका९४ बस्ने ६८ वर्षीया अनुसुया अग्रवाल शनिबार मृत अवस्थामा फेला परेकी छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९७ भ्रमपुरा चोक नजिकै पानी जमेको ठाउँमा सोही उपमहानगरपालिका९२४ बस्ने श्रवण भन्ने कलिम धोबी शनिबार मृत अवस्थामा फेला परेका छन्।

भक्तपुरको सूर्यबिनायक नगरपालिका९७ गुण्डु नाक्के डाँडा जंगलस्थित खानेपानी ट्याङ्की नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register