सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य नयाँ कीर्तिमान बनेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सुन आज प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो […]

Mar 30, 2025 - 06:19
 0
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य नयाँ कीर्तिमान बनेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

सुन आज प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज त्याे तोडिएर अर्को नयाँ कीर्तिमान बनेको छ ।

शुक्रबार सुन १ हजार ४०० रुपैयाँले बढेर १ लाख ७६ हजार २०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेको हो ।

चाँदी आज तोलामा २ हजार २५ रुपैयाँले कारोबार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register