लुम्बिनीले कोशीलाई दियो २०९ रनको लक्ष्य, आकाशको अर्धशतक
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले कोशीलाई २०९ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भएको हो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन बनाए । उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे । मृनल गुरुङले ४३ र […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले कोशीलाई २०९ रनको लक्ष्य दिएको छ ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भएको हो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन बनाए । उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे । मृनल गुरुङले ४३ र नर सार्कीले ४५ रन बनाए ।
कोशीका लागि प्रकाश कार्की र दीपेश कँडेलले ३–३ विकेट लिए ।
यस्तै, आइतबार सुरु भएको प्रतियोगितामा भैरहवा र लमहीमा २ खेल जारी छ ।
What's Your Reaction?






