दुई वटा सुधारगृह बन्द गर्न निर्देशन

चितवन । जिल्लामा रहेका दुई वटा सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको आबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन दिइएको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार भरतपुर महानगरपालिका–४ मा सञ्चालनमा रहेको मिरा सुधारगृह र सिसाको […]

Mar 30, 2025 - 11:44
 0
दुई वटा सुधारगृह बन्द गर्न निर्देशन

चितवन । जिल्लामा रहेका दुई वटा सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको आबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन दिइएको हो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार भरतपुर महानगरपालिका–४ मा सञ्चालनमा रहेको मिरा सुधारगृह र सिसाको सुधारगृहलाई बन्द गर्न निर्देशन दिइएको हो । ती गृहले गृहमन्त्रालयसँगको आबद्धता लिएपछि पुनः सञ्चालन गर्न पाउने उनले बताए । गौतमका अनुसार कार्यालयले जिल्लाका सुधारगृह, पुनःस्थापना केन्द्र र रिकोभरी सेन्टर गरी ११ वटामा अनुगमनसमेत गरेको छ ।

सो क्रममा अधिकांश यस्ता संस्थाले मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register