कतारको जेलमा रहेका १८ नेपालीको कैद मिनाहा

काठमाडौं । कतार सरकारले १८ नेपालीको कैद मिनाहा गरेको छ । रमजान र ईदको अवसरमा त्यहाँको सरकारले १८ नेपालीको कैद मिनाहा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसका लागि नेपाल सरकारले दूतावासमार्फत पहल गरेको थियो । दूतावासको विज्ञप्तिमा भनिएको छ, “पवित्र रमजान महिना र ईदको पर्वको अवसरमा १८ नेपाली कैदीहरूलाई दिइएको अमिरी आममाफीको लागि […]

Mar 30, 2025 - 11:30
 0
कतारको जेलमा रहेका १८ नेपालीको कैद मिनाहा

काठमाडौं । कतार सरकारले १८ नेपालीको कैद मिनाहा गरेको छ ।

रमजान र ईदको अवसरमा त्यहाँको सरकारले १८ नेपालीको कैद मिनाहा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसका लागि नेपाल सरकारले दूतावासमार्फत पहल गरेको थियो ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, “पवित्र रमजान महिना र ईदको पर्वको अवसरमा १८ नेपाली कैदीहरूलाई दिइएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ । नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा यस प्रकारको क्षमादानलाई मन्त्रालयले उच्च मूल्याङ्कन गर्दछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register