कुमारी बैंकले बेच्दै १५९ वटा दुई पाङ्ग्रे सवारी साधन, कसरी किन्ने ?  

काठमाडौँ । कुमारी बैंकले दुई पाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका १ सय ५९ वटा दुई पाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको हो ।  बैंकले आफ्ना विभिन्न शाखा कार्यालयमा रहेका दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) बिक्री गर्न लागेको जनाएको छ ।  बैंकका अनुसार शाखा कार्यालयमा रहेका दुई पाङ्ग्रे सवारी […]

Mar 31, 2025 - 04:57
 0
कुमारी बैंकले बेच्दै १५९ वटा दुई पाङ्ग्रे सवारी साधन, कसरी किन्ने ?  

काठमाडौँ । कुमारी बैंकले दुई पाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका १ सय ५९ वटा दुई पाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको हो । 

बैंकले आफ्ना विभिन्न शाखा कार्यालयमा रहेका दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) बिक्री गर्न लागेको जनाएको छ । 

बैंकका अनुसार शाखा कार्यालयमा रहेका दुई पाङ्ग्रे सवारी साधन जे/जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिनेछ । सवारी सधानहरु निरीक्षण गर्न चाहनेले बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ  । 

बोलपत्रमा आफूले सकार गरी लिन चाहेको सवारी साधन के कति रकममा सकार गरी लिन चाहेको हो, सोको विवरण र आफूले सवारी साधन लिन कबुल गरेको कम्तीमा १० प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register