औपचारिक भ्रमण र बिमस्टेकमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड जाने, यस्तो छ प्रतिनिधि मण्डल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार औपाचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाँदैछन् । थाइ समकक्षी फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले […]

Mar 31, 2025 - 13:08
 0
औपचारिक भ्रमण र बिमस्टेकमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड जाने, यस्तो छ प्रतिनिधि मण्डल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार औपाचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाँदैछन् ।

थाइ समकक्षी फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ।

प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको तहबाट पहिलोपटक भ्रमण हुन लागेको जानकारी संसदलाई गराएका छन् ।

‘यसबीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमणचाहिँ नभएको अवस्था रहेछ । त्यसलाई अन्त्य गर्नका लागि यसपटक औपचारिक भ्रमण नेपालको तर्फबाट पहिलोपटक कार्यकारी प्रमुखको पहिलो पटक हुँदैछ,’ भ्रमणको विषयमा सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने ।

यस्तो छ कार्यक्रम

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाई समकक्षीबीच सिनावात्राबीच चैत २० गते द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा पर्यटन तथा संस्कृतिसँग सम्बन्धित दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

त्यसपश्चात प्रधानमन्त्री ओली र थाइ समकक्षी संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । यससँगै उनको थाइल्यान्डको एक दिने औपचारिक भ्रमणको कार्यक्रम समाप्त हुनेछ ।

त्यसको भोलिपल्ट चैत २१ मा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल गर्नेछन् । त्यसपश्चात दिउँसो एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै ओली साँझ विमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछन्।

समयको चाप भएकाले अधिकांश देशका नेताहरू २१ गते मात्रै बैंकक पुग्ने तालिका भएकाले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्ताको प्रयास भइरहेको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी दिएका छन् ।

त्यसपश्चात प्रधानमन्त्री ओली चैत २२ गते दिउँसो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन् । त्यसअघि सोही दिन बिहान प्रधानमन्त्री ओली ‘मेरिटाइम ट्रान्सपोर्ट कोअपरेशन अग्रिमेन्ट’ मा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन् । दिउँसो बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सम्बोधन समेत गर्नेछन् ।

सोही दन साँझ नेपाली राजदूतावासमा आयोजना गरिएको रिसेप्सन (रात्रिभोज) मा सहभागी भएसँगै प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण समाप्त हुनेछ । त्यसपछि २३ गते ओली औपचारिक भ्रमण सकेर नेपाल फिर्ता हुने कार्यक्रम रहेको छ ।

यस्तो बन्नेछ प्रतिनिधि मण्डल

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणको प्रतिनिधि मण्डलमा करिब दुई दर्जनभन्दा बढी सदस्य सहभागी हुने भएका छन् । त्यसमा ब्याङ्ककस्थित नेपाली राजदूतावासबाट समेत केही सदस्य थप हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा श्रीमति राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक र विकास सल्लाहकार डा. युवराज खतिवडा सहभागी हुनेछन् ।

यस्तै  परराष्ट्र मन्त्रालयबाट सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयको दक्षिण–पूर्वी एसिया एवं प्रशान्त क्षेत्र महाशाखा प्रमुख तापस अधिकारी र उपप्रमुख अम्बिका जोशी, क्षेत्रीय संगठन महाशाखा प्रमुख ज्ञानबहादुर मगर, उपप्रमुख विवेक रिजाल चिफ अफ प्रोटोकल विष्णु गौतम, डेपुटी चिफ अफ प्रोटोकल नितेश सापकोटा र प्रोटोकल अफिसर रिचा भट्टराई प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् ।

साथै, प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दीव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी इन्सपेक्टर कृष्ण खड्कालगायत पनि सहभागी हुनेछन् ।

यस्तै यसबाहेक दुई दर्जनभन्दा बढी उद्योगी व्यावसायी पनि प्रधानमन्त्री ओलीसँगै थाइल्यान्ड भ्रमणमा जाने भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register