गुजरातले निकाल्यो दिल्लीमाथि १० विकेटको शानदार जित

काठमाडौं । गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गर्दै आईपीएलको प्लेअफमा स्थान सुरक्षित गरेको छ। शुभमन गिल र साई सुदर्शनको उत्कृष्ट ब्याटिङको मद्दतले गुजरातले २०० रनको लक्ष्य १९ ओभरमा विना विकेट गुमाएर पुरा गर्‍यो। सुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १०८ रन बनाए भने शुभमनले ५३ बलमा अविजित ९३ रनको योगदान […]

May 19, 2025 - 01:36
 0
गुजरातले निकाल्यो दिल्लीमाथि १० विकेटको शानदार जित

काठमाडौं । गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गर्दै आईपीएलको प्लेअफमा स्थान सुरक्षित गरेको छ। शुभमन गिल र साई सुदर्शनको उत्कृष्ट ब्याटिङको मद्दतले गुजरातले २०० रनको लक्ष्य १९ ओभरमा विना विकेट गुमाएर पुरा गर्‍यो।

सुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १०८ रन बनाए भने शुभमनले ५३ बलमा अविजित ९३ रनको योगदान दिए।

यस जितसँगै गुजरात १८ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। यसअघि नै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र पन्जाब सुपर किंग्स पनि १७ अंकसहित प्लेअफमा प्रवेश गरिसकेका छन्। आइतबार भएको खेलमा पन्जाबले राजस्थानलाई १० रनले हराएको थियो।

दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो। उसका लागि केएल राहुलले शतकीय पारी खेले भने अभिषेक पोरेलले ३० र अक्षर पटेलले २५ रन बनाए। गुजरातका लागि अर्सद खान, प्रसिद्ध कृष्णा र साई किशोरले समान १ विकेट लिए।

अब प्लेअफको अन्तिम स्थानका लागि दिल्ली, मुम्बई र लखनउ प्रतिस्पर्धामा छन्। मुम्बईको १४, दिल्लीको १३ र लखनउको १० अंक छ। लखनउले १० खेल खेलेको छ। आज लखनउ सुपर जायन्ट र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register