नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा भारतको सहयोग, १० परियोजनामा सम्झौता

काठमाडौं। भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा ६२.५ करोड नेपाली रुपैयाँ लागतका १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन गर्ने निकायहरूबीच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। यी १० परियोजनाहरू कोशी, […]

Apr 1, 2025 - 17:28
 0
नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा भारतको सहयोग, १० परियोजनामा सम्झौता

काठमाडौं। भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा ६२.५ करोड नेपाली रुपैयाँ लागतका १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन गर्ने निकायहरूबीच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यी १० परियोजनाहरू कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुनेछन्। परियोजनाहरू स्थानीय निकायहरू जस्तै महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरू मार्फत कार्यान्वयन गरिने नेपालस्थित भारतीय राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

परियोजनाहरूले नेपालका जनतालाई राम्रो शिक्षा, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधाहरू प्रदान गर्नेअपेक्षा गरिएको दुतावासले जनाएको छ।

सन् २००३ देखि भारतले नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरूमा काम गरेको छ, जसमध्ये ४९५ परियोजनाहरू सम्पन्न भइसकेका छन्। यी परियोजनाहरू शिक्षा, स्वास्थ्य, सडक, पुल, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति र समाज कल्याण लगायतका क्षेत्रमा रहेका छन्।

दूतावासका अनुसार भारत र नेपालबीचको यो सहकार्यले नेपाली जनताको उत्थान र पूर्वाधार विकासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register